बेनिसा हमाल – अभिनेत्री
अहिले केमा ब्यास्त हुनुहुन्छ ?
चलचित्र लवको सुटिङ कार्य सकिएकाले अहिले खासै ब्यास्त छैन । केहि समय पछि चलचित्रको डविङ कार्यमा ब्यास्त रहने छु ।
मानिलिऊ चुम्बन दृष्य दिएको पर्सनल फोटो सार्वजनिक भए के गर्नु हुन्छ ?आहो ....... त्यस्तो पर्सनल फोटो पब्लिस्ट भयो भने त सबैभन्दा पहिला कहा बाट पब्लिष्ट भयो भनेर बुझ्थे । त्यस्तो फोटो त नितान्त पर्सनल भएकाले कसैलाई पब्लिष्ट गर्ने अधिकार हुदैन । कारवाहिको लागि मुद्धा हाल्ने थिए नि ।
कुनै निर्देशकले चलचित्र खेलाउने बाहानामा सेक्स प्रश्ताव राखे के गर्नु हुन्छ ?
त्यसरी प्रश्ताव राखे भने त नरम स्वरमै भनिदिन्थे – ‘तपाईहरु जस्तो निर्देशकले गर्दा नेपालि चलचित्र उद्मोगमा नायिकाहरु अपहेलित भइरहेको छ । त्यसैले पनि हाम्रो देशमा आफ्नो छोरा छोरिलाई यो फिल्डमा पठाउन चाहदैनन् ।’
मानिलिऊ तपाई अन्धि भएको भए नि ?
सायद म अन्धि जिवनलाई नै गुजारा गरेर जिउने थिए ।
४० वर्षको केटा संग बिवाह गर्नुपर्ने बाध्यता आइलागे के निर्णय लिनुहुन्छ ?
मेरो कर्ममा बुढो केटो परेपछि गर्नुपरिगयो नि । ह्या संसारमा यो भन्दा कत्ति बुढा केटो संग त मानिसले बिवाह गरेका छन्, मेरो लागि त यसमा कुनै आप्पित छैन ।अहिले तपाई मन्त्रि परिषदका अध्यक्ष खिलाराज रेग्मिको स्थानमा भइदिएको भए कसरी काम गर्नु हुन्थ्यो ?
उहा जस्तो आसा जागेका मान्छेले त केहि गर्न सक्नु भएन, मत स्कृप्ट पढ्ने मात्र हो के गर्न सक्छु र । त्यहिपनि म त्यस स्थानमा भइदिएको भए चाहि संविधान सभामा भएका सबै सदश्यलाई एकजुट बनाउने प्रयास गर्थे ।
अपरिचित ब्यात्तिले संगै भएका बेला गोलि हानि आत्माहत्या गरे के गर्नु हुन्छ ?
त्यतिबेलाको बिकल्प त १००मा डाइल गरेर पुलिसलाई बोलाउने थिए ।
यदि तपाईको श्रीमाणले १३ जना संग बिवाह गरे तपाई के गर्नु हुन्छ ?
ओहो गिनिज बुकमा नाम लेखाउन आफै जान्थे नि ’ मर्दा श्रीमाण भनेका त्यस्तालाई भनिन्छ ।
सधैको लागि रुप परीर्वतन गर्न पाए के बन्नु हुन्छ ?
सधैको लागि रुप परिवर्तन गर्नपाए त म मयुर चरा बन्ने थिए नि ।
शरीर भरी लगाउने मेकअपका समान संसारमा नबनेका भए केले मेकअप गर्नुहुन्थ्यो ?
मेरो स्किन यत्तिकै पनि राम्रो छ । म त्यतिकै पनि धेरै राम्रि छु । मलाई केहि त्यस्तो मेकअपका समान लगाउने आवश्यकतै पर्दैन ।
के मेकअप गर्नु हुन्न र ?
अँह म मेकअप नै गर्दिन । मैले मेकअपका सामान नलगाउपनि ममा कन्फिडेन्ट छ कि म राम्रि देखिन्छु भनेर ।
तपाईको जिवनमा बिवाह नै नभए के गर्नु हुन्छ ?
बिवाह नभएर बाच्ने मान्छे धेरै छन् । त्यसैले मलाई पनि फरक पर्ने वाला छैन ।
अनि सेक्स अनुभुतिलाई कसरी पुरा गर्नु हुन्थ्यो ?
सेक्स गर्नै पर्छ भन्ने छैन नि त ।
त्यो नगरि बाच्ने मानिस छैन र ।
प्रस्तुति विशाल राई
No comments:
Post a Comment